प्रधानमन्त्री देउवा बालुवाटार सर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दैछन् । आज बिहान ९ः५७ को साइत निकालेर प्रधानमन्त्री निवास बालुवाटार सर्न लागेको उनको निजी सचिवालयले जनाएको छ ।>

[adinserter block="1"]

गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएका उनी आज बालुवाटार सर्न लागेका हुन् ।  सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति निजी निवास बालकोट सरि सकेका छन् । पाचौँ पटक प्रधानमन्त्रीका रुपमा देउवा बालुवाटार प्रवेश गर्न लागेका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ