करनको उत्कृष्ट बलिङमा इंग्ल्यान्डलाई मध्यम लक्ष्य

बायाँ हाते तीव्र गतिका बलर साम करन र डेविड विल्लीको उत्कृष्ट बलिङसँगै श्रीलंकाले दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई २ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । दी ओभल लन्डनमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४१ रन बनायो ।

[adinserter block="1"]

एक समय २१–४ को कमजोर अवस्थामा रहेको श्रीलंकाले राम्रो पूनरागमन गराउदै मध्यम योगफल बनाएको हो । श्रीलंका स्पिन अलराउन्डर धनन्जय शिल्भाले ९१ बलमा १३ चौका सहित सर्वाधिक ९१ रनको योगदान दिए । दोस्रो ओभरमा युवा तीव्र गतिका बलर साम करनले दुई प्रमुख ब्याट्सम्यानलाई आउट गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दोस्रो ओभरको दोस्रो बलमै साम करणले कप्तान कुसल पेरेरालाई शून्यमा एलबिडब्लू आउट गरे ।

पेरेराले रिभ्यु लिएपनि सफल हुन सकेनन् । दुई बलपछि अविष्का फ्रेनान्डो पनि दुई रनमा एलबिडब्लू आउट हुन पुगेका थिए । साम करनलेनै चौथो ओभरको तेस्रो बलमा पाथुम निसंकालाई पाँच रनमा बोल्ड आउट गर्दै श्रीलंकालाई १२–३ को दयनिय अवस्थामा पुर्याएका थिए । सातौं ओभरको पाँचौँ बलमा चरिथ असलान्का तीन रनमा क्याच आउट हुँदा श्रीलंका २१–४ को संकट अवस्थामा पुगेको थियो । उक्त अवस्थाबाट श्रीलंकाले खेलमा उत्कृष्ट पूनरागमन गर्न सफल भएको

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।